रक्सीको झोँकमा स्वेता खड्काकी बहिनी आरती र सुष्माबीच झडप

फाइल तस्वीर
फाइल तस्वीर

नायिका सुष्मा कार्कीले अर्की नायिका स्वेताकी बहिनी आरती खड्काकी बहिनफ आरती  खड्काविरुद्ध उजुरी दिएकी छन्। 

साेमबार राती दरबारमार्गकाे एक क्लवमा विवाद भएपछि एकअर्का बीच हातहाल भएपछि सुष्मा कार्कीले महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिँहले बताए ।
‘उहाँहरुबीच हिजो राती विवाद भएको रहेछ, आफु पिडित भएको भन्दै सुष्माले उजुरी दिनु भएको छ,’ एसएसपी सिँहले बीएल नेपाली सेवासँग भने,‘हामीले दुबै पक्षलाई छलफलमा बोलाएका छौं ।’

स्रोतका अनुसार हिजो राती दरबारमार्गको एउटा रेष्टुरेन्टमा दुबै जनासँगै बसेर मादक पदार्थ सेवान गरेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको थियो । विवाद चर्कदै गएपछि स्वेताले सुष्मालाई लात्ताले हानेकी थिइन् । 

‘दुबै जनाले मापासे गरेका रहेछन् । त्यसपछि विवाद भएको देखिन्छ,’ स्रोतले बीएल नेपाली सेवासँग भन्यो ।

प्रकाशित मिति: : 2021-02-02 16:42:00

प्रतिकृया दिनुहोस्