मुरलाई श्रद्धाञ्जली दिन इंग्लिस खेलाडीले कालोपट्टी बाँधे

Twitter

भारतविरूद्ध पहिलो टेस्टमा इंग्ल्याण्डका क्रिकेट खेलाडी कालोपट्टी बाँधेर मैदानमा उत्रिएका छन्।

विश्व युद्धका वार भेट्रान क्याप्टेन सर टम मुरलाई श्रद्धाञ्जली दिन उनीहरू कालोपट्टी बाँधेर मैदानमा उत्रिएका हुन्।

मुरको २ फेब्रुअरीमा सय वर्षको उमेरमा कोरोनाका कारण निधन भएको थियो। मुरले कोरोनाका लागि ३ दशमलव २७ करोड पाउण्ड उठाइदिएका थिए। मुरको ६ अप्रिल २०२० मा सय वर्ष पुरा भएको थियो।

विश्व युद्धताका क्याप्टेन मुर भारत र म्यान्मारमा कार्यरत थिए। भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट शुक्रबारबाट सुरु भएको छ।

प्रकाशित मिति: : 2021-02-05 20:48:00

प्रतिकृया दिनुहोस्