भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दा विद्यार्थी नेताहरु पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल छैठौँका विद्यार्थी नेताहरु माइतीघरबाट पक्राउ परेका छन्।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौँका केन्द्रीय अध्यक्ष विमल पोखरेलसहित ८ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

गण्डकी प्रदेशसभा सदस्य पियारी थापाका अनुसार उनीहरू कार्यक्रम सुरु गर्ने तयारी गर्दैगर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2021-02-07 16:17:00

प्रतिकृया दिनुहोस्