महिलामाथि हुने हिंसा र बलात्कारको बिरोधमा मार्चपास

शुष्मा बराली

टाउँकोमा सेतो कपडा र कम्मरमा सेतै कछाड बाधेका एक युवा हातमा टपरी लिएर अन्नपात पोख्दै थिए। सेतै वस्त्र धारण गरेका अर्धनग्न युवा काधमा सेतै कपडाले छोपिएको शवजस्तै बोकिरहेका थिए। शवयात्रामा मलामी हिडिरहेको जस्तो देखिन्थ्यो।

यो दृश्य हो, शुक्रबार वसन्तपुरदेखि भद्रकालीसम्म पुगेको नागरिक आन्दोलन महिला मार्चपासको। जहाँ आभा फर क्रियटिभिटीले प्रतिकात्मक शवयात्रा नाटक प्रस्तुत गरेको थियो।

बाटोमा हिडिरहेका कलाकारहरु देख्दा दर्शक पनि टक्क उभिएर हेर्दै गरेको दृश्य निकै भावविह्वल देखिन्थ्यो। यो नाटकीय विरोधले नयाँ उर्जा सञ्चार गरेको थियो।

कवि प्रणिका कोयूको ‘पूरुष तिमी मौन हौ अनि म हुँ ताप, म अर्थात् महिला’ कविताका हरफ भएका पम्प्लेट बोकेर नारा लगाउँदै थिए, अभियन्ताहरु।

मार्चपासमा ‘महिला हिंसाबन्द गर, तलाई सत्ताको नसा छ निर्मलापन्तको दशा छ, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाइन्छ?’ लगायतका नारा लगाइएको थियो।

प्रकाशित मिति: : 2021-02-12 21:43:00

प्रतिकृया दिनुहोस्