१४ औं संस्करणको आइपीएलको लिलामीमा १२८ विदेशी खेलाडी सुचिकृत, सन्दिप नेपालबाट एक्लो

Photo : espn
Photo : espn

इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं सिजनका लागि १८ फेब्रुअरीमा चेन्नईमा लिलामी सुरु हुने भएकको छ। यसका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २ सय ९२ खेलाडीलाई सर्टलिस्टमा राखेको छ। 

नेपालका सन्दिप लामिछानेसहित विदेशका १ सय २८ खेलाडी आइपीएलको सर्टलिस्टमा पर्न सफल भएका छन्। यसमा सबैभन्दा बढी अस्ट्रेलियाका खेलाडी समावेश छन्।

न्युजिल्याण्डबाट २० तथा वेष्ट इन्डिजबाट १९ खेलाडीलाई सुचिकृत गरिएको छ। नेपालबाहेक अअमेरिका र युएईबाट पनि १–१ खेलाडीलाई समावेश गरिएको छ। सन्दिपको वेस प्राइस ४० लाख तोकिएको छ।

प्रकाशित मिति: : 2021-02-13 07:58:00

प्रतिकृया दिनुहोस्