साबिक विजेता नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बुधबार बिहान भएको क्वाटरफाइनलमा जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन खेलाडी जोकोविचले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
शीर्ष बरियताका जोकोविचले छैटौँ बरियताका स्वेरेभमाथि संघर्षपूर्ण जित निकाले। उनले स्वेरेभलाई ६–७ (६–८), ६–२, ६–४ र ७–६ (८–६) को सेटमा पराजित गरेका हुन्।
सेमिफाइनलमा जोकोविचले रुसी खेलाडी एल्लान कारात्सेभसँग प्रतिस्पर्धा गर्ने छन्।