अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण, जीवनबारे अध्ययन गर्ने 

अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ।

 ६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान करिब २ः४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो।

यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्विट गरेको छ।   

पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भए नभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ। सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ।
 

प्रकाशित मिति: : 2021-02-19 07:04:00

प्रतिकृया दिनुहोस्