म्यान्मारमा उस्तै छ सैन्य 'कू'विरुद्व प्रदर्शनकारीहरूको भिड

Photo - EPA
Photo - EPA

म्यानमारका प्रजातन्त्रवादी नागरिकहरू सडक आन्दोलन गरिरहेका छन्। उनीहरूले एनएलडी सर्वोच्च नेत्री आङ सान सु कीको 'पोस्टर फहराउँदै' देशव्यापारी विरोध प्रदर्शन जारी राखेका छन्।

रंगुन, माण्डले, नेपिटोमा गत सातादेखि दशौं हजारौं मानिसहरूको जुलुस निस्किरहेको छ। देशभर प्रजातन्त्र पक्षधरको प्रदर्शन चलिरहँदा, सैन्य सत्तालाई भने यस्तो दृश्य पटक्कै रुचेको छैन।

प्रदर्शनकारीहरूले जुन्ता सरकारको विरोधमा नयाँ–नयाँ उपाय अपनाइरहेका छन्। उनीहरूले सुरक्षामा खटिएहरूलाई फूल बाँडेका फोटोहरु जताततै देखिएका थिए। बुधबार र बिहिबार आन्दोलकारीले सेना र प्रहरीका गस्ती रोक्न सडकभर सवारी साधनहरू जाम गरेका छन्। 

सेना सडकमा उत्रिएपछि म्यान्मारको आन्दोलन झन् उग्र बन्दै गइँरहेको छ। उनीहरूले रेलमार्ग नै रोकेर सैन्य 'कू'को विरोध गरेपछि कतिपय ठाउँहरूमा झडप भएको ऐरावती पत्रिकाले जनाएको छ।

प्रदर्शनकारीहरू म्यान्मारमा प्रजातन्त्र पुनस्र्थानको माग गरिरहेका छन्। सैन्य हिरासतमा रहेकी नेत्री सु की र राष्ट्रपतिलगायतका नेताहरूलाई रिहाइ गर्न उनीहरू जनदबाब दिइरहेका छन्।



Breaknlinks

झट्टा हेर्दा 'काठमाडौं' जस्तै देखिने, डुल्दै जाँदा जतात्यतै नेपाली भेटिने 'मोगोक' म्यान्मारको पहाडी उपत्यका हो। यो ठाउँलाई ‘बर्माको सानो नेपाल’ भनेर चिनिन्छ। 

'मोगोक'मा नेपालीको बाक्लो उपस्थिति छ। यहाँ नेपालीहरू बसोबास गर्न थालेको, सन् १८८५ देखि हो। माण्डले शहरबाट ११ गोर्खा सैनिक सबैभन्दा पहिले मोगोक पुगेका थिए। त्यही समयदेखि नेपालीको उपस्थिति यहाँ रहन थालेको हो। 

सन् १९४२ को दोस्रो विश्व युद्धताका जापानविरूद्ध लड्न धेरै गोर्खा सैनिक म्यान्मार पुगे।  

भारतको कोलकताबाट हवाईमार्ग हुँदै म्यान्मारको पुरानो राजधानी रंगुन आउन सकिन्छ। स्थलमार्गको प्रयोग गर्दा भारतको सिलिगुडी, मणिपुर, इम्फाल हुँदै म्यान्मार प्रवेश गर्न सकिन्छ।

म्यान्मारमा सैनिकसँग जोडिएको नेपालको गर्विलो इतिहास छ। तर, यतिबेला नेपालीभाषी पनि सैन्य ‘कू’ विरूद्ध आन्दोलित भएका छन्।

म्यान्माली सरकारले नेपालीभाषीलाई जनजाति जतिकै अधिकार दिएको छ।

राजनीतिक संकटका कारण देशभर तनाबैतनाब छ। राष्ट्रपिता जनरल आङ सान र गोर्खालीबीच फरक सम्बन्ध छ। आङ सानले नै सन्धि गरेर गोर्खालीलाई म्यान्मारमा बसाएका हुन्।

एक लाख ६६ हजार जनसंख्या रहेको मोगोकमा ३५ हजार घरधुरी छन्। यहाँ नेपालीभाषी चानचुन २० हजार बसोबास गर्छन। मोगोकमा करिब ४ हजार घरधुरी नेपालीको छ। जसमा २८ वटा नेपाली गाउँ मोगोकमै रहेको छ।

यहाँ बस्ने नेपालीभाषीले आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिएका छैनन्। मोगोकका अधिकांश नेपाली खेती, किसानी र रुबीको व्यापार गर्छन। नेपालीभाषीका घरघरमा तुलसीका बोट, मठ–मन्दिर र गाउँ–गाउँमा नेपाली परम्परा जतात्यतै देख्न पाइन्छ। 

मोगोकमा २८ हिन्दु मठ–मन्दिर छन्। मोगोकलाई चारैतिर जंगलले घेरेको छ। हेर्दा ठयाक्कै काठमाडौं उपत्यका जस्तो लाग्ने यो शहरको वैभव देखेर नलोभिने सायदै कोही होला।

म्यान्मारका नेपालीहरू दशैं, तिहार र तीज भब्य रूपमा मनाउने गर्छन। जता पुगेपनि नेपाली नै नेपाली भेटिन्छन्– मोगोकका गाउँ–ठाउँमा।

मोगोकमा नेपाली बसोबास गर्न थालेको सय बर्ष नाघिसकेको छ। अहिले म्यान्मारमा पाँचौ पुस्ताका नेपालीभाषी छन्।
मोगोकमा नेपालीको प्रवेश, यहाँको गर्वलाग्दो इतिहासबारे स्थानीय बरिष्ठ साहित्यकार तथा पत्रकार ज्ञानबहादुर बगाले 'थापा'ले बिएलसँग गरेको 'भिडियो ब्रिफिङ' -



बर्मेली नेपाली शारदा भन्छिन्– 'डराइ–डराइ जिउनुलाई जीवन भनिँदैन'

सैन्य दमनले गोर्खालीहरू 'खुनका आँशु' लिएर घर फर्किएका छन्

सैन्य 'कू'विरूद्ध सडकमा उर्जा थपिदै, नेपालीभाषी पनि आन्दोलित

सडकमा युवाको भिड बढेपछि अत्तालियो सैन्य सरकार

प्रकाशित मिति: : 2021-02-19 08:30:00

प्रतिकृया दिनुहोस्