एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीको उपचार राष्ट्रिय खेलकुद परिषद् (राखेपा)र अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिलेर गर्ने भएका छन्।
राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी भण्डारीको उपचार दुई निकायले मिलेर गर्न लागेको राखेपका सदस्यसचिव रमेश कुमार सिलवाले जानकारी दिएका हुन्।
उनका अनुसार कतारमा उपचारका लागि पहल भइरहेको छ।
सावित्रा राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा घाइते भएकी थिइन्।
दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आएको छ। रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट ९एसिएल० च्यातिएको र अन्य चोट पनि देखिएको छ।
सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरेकी थिइन्। लिगको विजेता एपिएफ बनिसकेको छ।