इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वुल्भ्सले साँघुरो जित हात पारेको छ।
वुल्भ्सको मैदानमा भएको खेलमा उसले लिड्स युनाइटेडलाई १-० गोलको नतिजामा पराजित गरेको हो।
दोस्रो हाफको ६४औं मिनेटमा लिड्सका गोलकिपर इलान मेस्लियरले आत्मघाति गोल गरेसँगै घरेलु टोलीले जित हात पार्यो।
जितसँगै २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स तालिकाको ११औं स्थानमा उक्लिएको छ।
एक खेल कम खेलेको लिड्स ३२ अंकसहित लिग तालिकाको १२औं स्थानमा छ।