साढे नौ करोड लागतमा आठ ठाउँमा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण गरिँदै

Photo : BBC
Photo : BBC

सरकारले कोभिड–१९ विरुद्धको खोप भण्डारणको लागि देशका विभिन्न आठ स्थानमा भण्डारण गृह बनाउन लागेको छ।

शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीय भण्डारण गृह निर्माण गर्दैछ। प्रति भण्डारण गृह रु १ करोड २० लाखका दरले आठ वटा भण्डारण गृह निर्माण गर्न लागिएको हो। 

प्रदेश नम्बर १ को विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा र प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ।

त्यस्तै  बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ।

त्यस्तै लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका–१२ तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ।  

प्रकाशित मिति: : 2021-02-23 06:51:00

प्रतिकृया दिनुहोस्