गल्फमा प्रतिमाको प्रित

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडौं, फागुन १५ : १९ माघ सोमबार। दिउँसो करिब दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगैको रोयल नेपाल गल्फ क्लबको रेन्जमा पुग्दा तीनजना गल्फ क्लबले बल हान्ने तयारी गर्दै थिए, सँगै नेटमा अभ्यासरत थिइन्, गल्फर प्रतिमा शेर्पा।

दुई साताअघि मात्र नेपाल आएकी प्रतिमालाई भेट्न हामी प्रतिमाकै ‘होम कोर्स’ रोयल नेपाल गल्फ क्लब पुगेका थियौँ। हामी रेन्जतर्फ झर्दै गर्दा नेटमा अभ्यासरत उनले आफू यता रहेको संकेत गरिन्। हामी उनी नजिकै पुग्यौँ, सामान्य परिचय भयो।

‘कहाँ बसेर कुरा गरौं ?’ हामीले सोध्यौँ।

उनी अलमलमा परिन्। ‘कहाँ बसेर कुरा गर्दा हुन्छ ?’ नजिकै कुर्सीमा बसिरहेका व्यक्तितर्फ फर्कँदै प्रतिमाले सोधिन्।

उनी प्रतिमाकै प्रशिक्षक सचिन भट्टराई रहेछन्। कुर्सीबाट उठ्दै उनले हातले इशारा गर्दै तल चौरतिर देखाए।

प्रतिमा चौरतिर झरिन्, उनलाई पछ्याउँदै हामी त्यतै लाग्यौँ।

चौरमा पुगेपछि उनले गल्फ क्लबकी कर्मचारीसँग चकटी मागिन् र ओछ्याउँदै बस्न आग्रह गरिन्, हामी बस्यौँ। अनि सुरु भयो, नेपालकी नम्बर एक गल्फर प्रतिमासँगको हाम्रो कुराकानी।

कुराकानीको सुरुवात अमेरिका यात्राबाटै भयो। नेपालमै सीमित रहेकी प्रतिमा अमेरिका गएपछि नै अन्तर्राष्ट्रियस्तरमा परिचित बनिन्, थुप्रै अखबार र अनलाइनको फ्रन्टलाइनमा आइन्, त्यसैले हामीले कुरा त्यहीँबाट सुरु गर्‍यौँ।

प्रतिमा सन् २०१७ मा पहिलोपटक अमेरिका गइन्। गल्फ प्रशिक्षणका लागि अमेरिका गएकी उनी दुई महिनापछि स्वदेश फर्किइन्।

नेपालमै गल्फमा रहेकी किशोरी कसरी पुगिन् त अमेरिका ?

प्रकाशित मिति: : 2021-02-27 11:50:00

प्रतिकृया दिनुहोस्