अब यो वेबसाइट सजिलै हेर्न सकिनेछ आइपिओको नतिजा

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। 

धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो।

अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ।

 धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन्।

विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो। 

 

प्रकाशित मिति: : 2021-02-27 15:53:00

प्रतिकृया दिनुहोस्