निजीभन्दा कम छैन पद्मोदय मावि

काठमाडौंप्रेस

काठमाडाै‌ं

सम्राज्ञी भण्डारी

‘रुकमान सर ! ४ कक्षा र ५ कक्षा खाली छ रे । एकचोटि विद्या मिसलाई भन्न पाए हुन्थ्यो कि ?’ 

‘५ कक्षा अहिले मञ्जु मिसको हो । मञ्जु मिस आउनुभएको छैन ?’ 

बिहीबार बिहान ११ बजे पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका प्राध्यापक नारायण गौतमको कक्षमा पुग्दा सुनिएको संवाद हो यो । 

प्राध्यापकले ४ र ५ कक्षामा पढाइ नभएको देखेपछि समाधान खोज्दै रहेछन् । प्राध्यापक गौतमका अनुसार यस विद्यालयको सबल पक्ष भनेकै कहिल्यै कक्षा खाली नहुनु हो । कुनै कक्षाको विषय शिक्षक उपस्थित छैनन् भने अर्को शिक्षकले पढाउँछन् । यसरी थप कक्षा लिएबापत शिक्षकलाई अभिप्रेरणाका लागि एउटा कक्षाको ५० रुपैयाँ दिने गरिएको छ ।

केजी तहदेखि कक्षा १२ सम्म पढाइ हुने यस सामुदायिक विद्यालयमा १ देखि ६ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । ७ देखि १२ कक्षासम्म विद्यार्थीको छनोट अनुसार दुवै माध्यम (अंग्रेजी र नेपाली) मा पढाइन्छ । नेपाली माध्यमको तुलनामा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको संख्या धेरै छ । कारण, सानो कक्षामा निजी विद्यालयमा अंग्रेजी माध्यमबाट पढेका अधिकांश विद्यार्थी यहाँ माथिल्लो तहमा पढ्न आउँछन् ।

प्रकाशित मिति: : 2021-02-28 13:38:00

प्रतिकृया दिनुहोस्