६ सातापछि ट्रम्पल फेरी दोहोर्याए नोभेम्बरको चुनावमा धाँधली भएको कुरा

Photo : nbc
Photo : nbc

अमेरिकाका पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेको ६ सातापछि पहिलो पटक  सार्वजनिक कार्यक्रममा बोल्दै नोभेम्बरको चुनावमा धाँधली भएको कुरा फेरी दोहोर्याएका छन्।

आईबार फ्लोरिडाको ओर्लान्डोमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा उनले अझै आफुले हार स्वीकार नगरेको बताएका छन्। 

यसअघि जनवरी ६ मा उनका समर्थकले संसद भवनमा आक्रमण गरेपछि रिपब्लिकन पार्टीभित्र ट्रम्पको तीव्र आलोचना भएको थियो।

नयाँ पार्टी खोल्नेबारे ट्रम्पले नजिकका मानिसहरूसँग सल्लाह पनि गरेको समाचार सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: : 2021-03-01 09:09:00

प्रतिकृया दिनुहोस्