आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

Aip.ci
Aip.ci

पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ। 

अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद रोगको उपचार गराइरहेका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको र यसबाट मुलुक शोकमा डुबेको बताउएका छन्। 

उनले ५६ वर्षीय प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गरेका र युवाका लागि मोडेल नै रहेको बताउँदै हामेदको निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकामा दुःख प्रकट गरेका छन्। 

प्रकाशित मिति: : 2021-03-11 14:39:00

प्रतिकृया दिनुहोस्