ओलीविरुद्ध मोर्चाबन्दी : कांग्रेस, माओवादी र जसपा गठबन्धन सरकार!

थाहा खबर

काठमाडाैं

रमेश पराजुली

पछिल्लो समय नेपाली राजनीति तरङ्गित भएको छ। दुई तिहाई नजिकको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको निर्णयपछि भंग भयो। आन्तरिक झमेलाकै कारण पार्टी विभाजनमै पुग्यो।  

अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनर्स्थापित गरिदिएपछि नयाँ सरकार निर्माणका लागि जोडबल चलिरहेको छ। ओली नेतृत्वको नेकपा एमाले सरकार ढालेर नयाँ गठनबन्धनको सरकार गठन बनाउने दाैडधुपमा बाँकी दल लागिपरेका छन्। यद्यपि कसको नेतृत्वमा सरकार बनाउने वा ओलीकै सरकारमा जाने भन्नेमा दलहरूबीच मतैक्यता देखिएको छैन।  

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगको तिक्ततापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार गिराउन प्रयासरत छन्। माओवादीसहित बनेको एमाले सरकारमा छ। तर माओवादीले सरकारबाट समर्थन फिर्ता लिए ओली अल्पमतमा पर्ने देखिन्छन्।  

तर, माओवादीले एमाले सरकारविरुद्ध नयाँ गठबन्धन भइनसक्दा सरकारबाट हात नझिक्ने रणनीति बनाएको छ। 

त्यसो त माओवादी सर्वोच्चले संसद् पुनर्स्थापित गरिदिएपछि संसद् कार्य अवधिभर चल्नुपर्ने पक्षमा छ। कुनै रणनीतिबिना समर्थन फिर्ता लिए ओलीले चाल्नसक्ने कदमले पुनः संसद भड्खालोमा फस्न सक्नेतर्फ माओवादी सशंकित पनि छ। 

प्रकाशित मिति: : 2021-03-14 17:16:00

प्रतिकृया दिनुहोस्