'ओलीकै कारण एमाले सिद्धियो, माओवादी केन्द्रलाई अवसर छ'

वामदेवले एमाले बचाउन सक्ने स्थिति छैन

थाहा खबर

काठमाडौं

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताइदिएसँगै नेपालको राजनीति नयाँ मोडमा पुगेको छ।

तत्कालीन नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याएर प्रचण्डसँग साटगाँठ गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अहिले अप्ठेरोमा परेका छन्।

पार्टी अध्यक्षसमेत रहेका ओलीले नेपाल पक्षकालाई जिम्मेवारीविहीन बनाइदिए पछि यो समूहले छुट्टै बैठक राखेर समानान्तर कमिटी गठन गरेको छ। त्यति मात्र होइन, ओलीले गरेको निर्णयको विरोध गर्दै सच्याउन माग गरेको छ।

यस्तो अवस्थामा एमाले अब कसरी अगाडि बढ्ला? पुनःस्थापित प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको तयारी भइरहेका बेला यो सरकारको आयु कति? अबको सत्ता समीकरण र दलहरूको आगामी कार्यदिशा के हो जस्ता विषयमा केन्द्रित रहेर थाहाकर्मी जगत भण्डारीले लेखक, चिन्तक तथा विश्लेषक श्याम श्रेष्ठसँग कुराकानी गरेका छन्। 

सर्वोच्च अदालतले नेकपा एमालेलाई पुरानै अवस्थामा फर्काइदिएसँगै सुरु भएका गतिविधिलाई के भन्ने? 

एमाले फुटको संघारमा पुगेको छ। एमालेभित्र फेरि पाँडे पजनी सुरुवात भएको छ। नेतृत्वले चाहेको भए एमाले एकढिक्का भएर जान सक्थ्यो। तर प्रतिशोधको राजनीति थालियो। सबै पदाधिकारीलाई हटाउने खालको गतिविधि सुरु गरेको छ।

त्यसले एक किसिमको अघोषित फुट भएको स्थिति छ। एकथरीलाई लात हानेर बाहिर पठाउने काम भएको छ। त्यो उनीहरूको आफ्नो विधानमबमोजिम छ कि छैन भन्ने भन्ने पनि याद गरिएको छैन। यो खालको पाँडे पजनी राणाकालमा मात्र हुन्थ्यो। तर अहिले एमालेमा त्यो भएको छ। यसले एमाले अहिले फुटको नजिक छ।

प्रकाशित मिति: : 2021-03-14 20:51:00

प्रतिकृया दिनुहोस्