काग्लियारीमाथी युभेन्ट्सको जित, रोनाल्डोले राखे नयाँ कीर्तिमान

Photo : Eurosports
Photo : Eurosports

इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले काग्लियारीलाई पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको १० औं मिनेटमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले गोल गरेका थिए। 

उक्त खेलमा गरेको गोलसँगै रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा  गर्दै पेलेको कीर्तिमानसमेत तोडेका छन्। पेलेको नाममा ७ सय ६७ गोल छ।

उक्त नयाँ कीर्तिमानको लागि पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन्।

प्रकाशित मिति: : 2021-03-15 09:23:00

प्रतिकृया दिनुहोस्