त्रिदेशीय फुटबल : बंगलादेशसँग किर्गिस्तान पराजित

त्रिदेशीय फुटबलमा किर्गिस्तानको यू–२३ बंगलादेशसँग पराजित भएको छ।  
काठमाडौंको दशरथरंगशालमा मंगलबार साँझ भएको खेलमा किर्गिस्तानको यू–२३ बंगलादेशसँग १–० गोेलले पराजित भएकाे हो।
खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु भएको हो। खेलमा नेपाल, बंलादेश र किर्गिस्तानको यू–२३ बीच खेल हुँदैछ। 
 

प्रकाशित मिति: : 2021-03-23 19:26:00

प्रतिकृया दिनुहोस्