'मेरो प्रेरणाको स्रोत भनेकै मेरो गरिबी हो'

थाहा खबर

काठमाडौँ

प्रतिस्पर्धामा सहभागी हुनुको अन्तिम उद्देश्य केवल विजय प्राप्त गर्नु नै हो। सहभागी प्रतियोगी सबै विजयी हुँदैनन्। विजयीले ताज पहिरिन्छन्। कतिपय उपविजेताले ट्रफी नपाए पनि धेरैको मन जित्छन्। 

जसमध्ये केही महिनाअघि भएको बिबिसी मास्टर सेफ प्रतियोगिताका उपविजेता सन्तोष साहले धेरै नेपालीको मन जिते। विश्वभर कोरोना महामारीले सबैलाई थल्याइरहेका बेला नेपालको नाम विश्वसामु राखेर उनी सेफ प्रतियोगितामा सहभागी भएका थिए।  

सन्तोष नेपाल आएको ठ्याक्कै एक महिना भयो। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा स्वागतमा माला र खादाले घाँटी बेरिएको थियो। जहाँ-जहाँ उनी जान्छन् त्यहाँ भव्य स्वागत हुन्छ। कारण एउटै विदेशी प्रतियोगितामा उनले नेपालको नाम राखे। नेपालीको मन जिते।

प्रकाशित मिति: : 2021-03-24 08:31:00

प्रतिकृया दिनुहोस्