‘हाताहाती’काे अडान, विभाजनको बाटोमा जसपा!

थाहा खबर

काठमाडौँ

गठबन्धनको सरकार निर्माणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। एमालेसँग वा कांग्रेस–माओवादी–जसपाको गठबन्धनको सरकार बनाउने भन्ने विषयमा जसपा भित्रको विवाद उत्कर्षमा पुगेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने या ओली सरकार ढालेर नयाँ सरकार बनाउने भन्ने विषयको विवादले जसपा विभाजनको बाटोमा गइरहेको छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन्। 

यता, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओली सरकारलाई नै निरन्तरता दिनेमा सहमतिनजिक पुगेका छन्। उनीहरू तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का हुन्।

प्रकाशित मिति: : 2021-03-24 20:11:00

प्रतिकृया दिनुहोस्