महिला कमाण्ड, जहाँ नियम मिच्‍न चालक आँटै गर्दैनन्

थाहा खबर

काठमाडौँ

सवारी चापका हिसाबले काठमाडौं उपत्यकामा अति महत्वपूर्ण चोकमध्ये एक हो थापाथली।

ललितपुर जाने मूलनाका र कलंकीतर्फ जाने यस क्षेत्रमा सवारी चाप अन्य क्षेत्रमा भन्दा बढी हुन्छ। यहाँ सवारी व्यवस्थापन गर्ने ट्राफिक जवानहरू बिहानैदेखि चोकमा देखिन्छन्। थापाथलीको विशेषता के भने त्यहाँ कार्यरत सबै महिला ट्राफिक छन्।

प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलको कमाण्डमा उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापन भइरहेको छ। कात्तिक १२ गतेदेखि थापाथली प्रभागको कमाण्डमा रहेकी उनी ४४ जना महिलाको कमाण्ड सम्हालेकी छन्।

कडाइको हिसाबले थापाथली चोक सबैभन्दा अगाडि आउँछ। केही समयअघि महानगरीय ट्राफिक महाशाखाको कार्यक्रममा कलाकार जितु नेपालले सार्वजनिक रूपमा भनेका थिए, 'थापाथली चोकमा कार्यरत महिला ट्राफिकहरूको कडाइको म प्रशंसक हुँ। उहाँहरूले गल्ती गर्नेहरूलाई कुनै पनि हालतमा छोड्नुहुँदैन। 

प्रकाशित मिति: : 2021-03-27 16:24:00

प्रतिकृया दिनुहोस्