सिसडोलबासीको मागमा काठमाडाैं महानगर उदासीन, अझै भएन सहमति

थाहा खबर

काठमाडौँ

काठमाडौं महानगरपालिका र नुवाकोट सिसडोलबासीबीच सहमति हुन नसकेपछि स्थानीयले फोहोर फाल्न नदिने भएका छन्।

महानगरपालिकाले बिहीबार स्थानीयसँगको माग सम्बोधन गरी फोहोर फाल्ने वातावरण बनाउन प्रभावित क्षेत्रका स्थानीय, स्थानीय प्रतिनिधि, सांसदलगायतलाई राष्ट्रिय सभा गृहमा बोलाएको थियो। 

बैठकमा स्थानीय तथा सांसदले अहिले सम्झौता नभई २०६२ सालमा भएको सम्झौता कार्यान्वयन गराउनुपर्ने माग राखे। नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह केसीले महानगरपालिकाले झारा टार्ने खालको सम्झौता बनाएको भन्दै असहमति जनाए।

प्रकाशित मिति: : 2021-04-01 21:39:00

प्रतिकृया दिनुहोस्