भारतलाई मात्रै गाली नगरौँ, नेताहरू सुध्रिए पुग्छ

थाहा खबर

काठमाडाै‌ं

प्रा.डा. बद्रीविशाल पोखरेल

 

भारत भन्नाले भारतीय जनता र भारतीय शासक बुझिन्छ। भारतीय जनताका बीच नेपाली जनताको परापूर्व कालदेखि सुमधुर र मित्रतापूर्ण सम्बन्ध रही आएको छ र भोलि पनि रहनेछ।

तर, भारतीय शासक भने इस्टइन्डिया कम्पनी सरकार उपनिवेश चरित्रलाई हुबहु आत्मसात गरेको हुँदा नेपाललगायत साना मुलुकप्रति हेलाहोचो गर्ने प्रवृत्ति कायम रहेको देखिन्छ।

तर, पनि आन्तरिक पक्ष नै अग्रगमन र प्रतिगमनको प्राथमिक कारण भएझैँ भारतीय शासकबाट नेपाल हेपिनुमा केही नेपाली नेता र शासक पहिलो दोषी हो र यस्तो तथ्यलाई बिर्सिएर भारतको मात्र एकोहोरो आलोचना गर्नु हुँदैन। तर, यस्तो प्रवृत्ति पहिलेझैँ अहिले पनि विद्यमान देखिन्छ। 

यही सिलसिलामा नेता प्रदीप नेपालले थाहाखबरमै ’हामी त रमिते मात्र भएका छौँ‘ भन्ने शीर्षकमा एक लेख लेख्नुभएको छ।

त्यसमा उहाँले प्रधानमन्त्री ओलीविरुद्ध अराजनीतिक तथा अनैतिक विषयलाई आधार बनाएर लेख लेखेको पाइन्छ। लेखकले ओली विरोधी केही नेपाली नेता र शासकका केही गम्भीर कमजोरी खुट्याएर उल्लेख नै नगरी भारतीय शासकप्रति आलोचना बर्साउनु भएको छ। 

 

 

प्रकाशित मिति: : 2021-04-04 11:58:00

प्रतिकृया दिनुहोस्