इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहम बराबरीमा रोकिएका छन्।
शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहम २-२ गोलको बराबरी रोकिएका हुन्।
खेलको २७ औं मिनेटमा टोटेनहमलाई अग्रता दिलाउन ह्यारी केनले गोल गरेका थिए। त्यस्तै खेलको ३१ औं मिनेटमा एभर्टनको लागि गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गरे।
उक्त बराबरीसँगै एभर्टनले ३१ खेलमा ४९ अंक जोडेको छ भने एभर्टन आठौं स्थानमा रहेको छ।