स्पेनिस 'कोपा डेल रे'को उपाधी बार्सिलोनाले जितेको छ।
यो बार्सिलोनाको ३१औं जित हो। यस अघि बार्सिलोनाले 'कोपा डेल रे'को उपाधी ३० पटक जितिसकेको छ।
शनिबार राति भएको फाइनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि ४-० अन्तरको शानदार जित हात पारेको थियो।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर सुखद कुरा के छ भने दोस्रो हाफको १२ मिनेटभित्रै बार्सिलोनाले ४ गोल गर्यो।