प्रचण्ड-माधवलाई बालुवाटार नै बैरी!

थाहा खबर

काठमाडौं

फागुन २३ गतेको सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग गरिदिएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध फाटेको छैन। 

नेकपामा ओलीविरुद्धको मोर्चाबन्दी गरिरहेका प्रचण्ड–माधवलाई फरक पार्टीमा अदालतले फर्काएको भए पनि उनीहरूको सम्बन्ध अझै बाक्लो रहिरह्यो।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा उनीहरू सहभागी भएनन्। 

ओलीको सर्वदलीय बैठक बस्नुअघि प्रचण्ड र नेपाल कोटेश्वरको एक व्यापारीको घरमा भेटवार्ता गरे। त्यहाँ संघीय सरकार परिर्वतन, कर्णालीपछि अन्य प्रदेशपछि अन्य प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।  

तर, पछिल्लो समय कुनै एक समयमा धाइरहने प्रधानमन्त्रीको सरकारी निवास प्रचण्ड र नेता नेपाललाई 'बैरी' लाग्न थालेको छ। निरन्तर बालुवाटार धाइरहने प्रचण्ड पार्टी विभाजनपछि ओलीले बोलाउँदासमेत बालुवाटार फर्केका छैनन्। 

यता, एउटै पार्टीमा रहे पनि ओली र नेता नेपालबीचको सम्बन्ध न जुट्न सक्ने, न छुट्ने सक्ने अवस्थामा रहिरहेको छ। 
 
बालुवाटार नै बैरी !

प्रकाशित मिति: : 2021-04-18 18:57:00

प्रतिकृया दिनुहोस्