'पहिलाकै लकडाउनको पीडा छ, हामीलाई गरिखान देऊ सरकार'

थाहा खबर

काठमाडौँ

श्याम राई

सरकारले आगामी बिहीबारबाट कोभिड–१९ संक्रमण नियन्त्रण गर्न १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। जसअनुसार अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न पाइने छैन। सवारीसाधन चल्ने छैनन्।

तर, यी निर्णयले दीपक तामाङलाई चिन्तित तुल्यायो। नुवाकोटका दीपक जोरपाटी माँकालबारीमा मजदुरी गर्छन्। घर बनाउने काम गरेर अहिलेसम्म जसोतसो परिवार पालिरहेका छन्। तर, अब उनको रोजगारी पनि अब खोसिँदै छ। 

मंगलबार जोरपाटी छहारी क्लब खगाडीमा एक घर बनाइरहेका दीपक लामो सास फेर्दै भन्छन्, ‘सरकारले निषेधाज्ञा जारी गर्ने रे, खै अब कसरी आफ्नो र परिवारको पेट भर्ने हो थाहा छैन।’सरकारले एक सातासम्म मात्रै निषेधाज्ञा गरे त खासै समस्या नआउने उनी बताउँछन्। तर लम्ब्याउँदै गए उनलाई गाह्रो पर्छ। रड तान्दै उनले सुनाए, ‘बढी नै समय काम गर्न पाइनँ भने कसरी बाँच्ने?’

प्रकाशित मिति: : 2021-04-27 17:58:00

प्रतिकृया दिनुहोस्