जो परिवार भुलेर संक्रमितको उपचारमा खटिए...

थाहा खबर

विराटनगर

सुजता लिम्बू

 मान्छे घरैमा लुकेका थिए। मान्छे देखेर मान्छे नै डाराउनुपर्ने समय थियो। परिवारकै सदस्यबीच पनि दुरी कायम राख्नुपर्ने बाध्यात्मक परिस्थिति आउँदै थियो। सँधै अंकमाल गर्ने साथीभाइ पनि परैबाट हेराहेरमा सीमित थिए।

कोरोना त्रासदीको प्रारम्भिक बेलामा हल्ला धेरै थियो, कोरोना लाग्यो कि जीवन सकियो। यही हल्लाले धेरैलाई घरभित्रै थुनिन बाध्य पारेको अवस्थामा केही यस्ता पात्र पनि थिए, जसले आफ्नो ज्यानको प्रवाह नगरी कोरोना संक्रमितको उपचार र सेवामा महिनौं बिताए। 

त्यसो त भन्नेहरुले त्यसलाई स्वास्थ्यकर्मीको पेशागत दायित्व भनेर पनि अर्थ्याउन सक्लान्। तर, घरभित्रै डराउनुपर्ने अवस्थामा संक्रमितसँगै दिनरात समय बिताउने साहस गर्नु सेवाभावको उच्चतम नमुना थियो।

यसरी खटिने लाखौँ स्वास्थ्यकर्मी मध्येकै पात्र हुन्, रञ्जु उराँव र तुलसी शर्मा। चौतर्फी त्रास उच्च भएका बेला परिवारबाट नितान्त टाढा, काखमा हुर्किँदै गरेकी छोरीलाई घरैमा छाडेर कोरोना अस्पतालमा खटिन जानु भीषण युद्ध लड्न गएको सिपाही सरहको जोखिममा हेलिनु थियो।

पेशागत चुनौती स्वीकार गरेर यी दुई अनमीले यो जोखिम लिएका थिए। कोरोना लागे मरिन्छ भन्ने हल्ला व्यापक थियो, त्यही बेला छोरीसहितको परिवार छाडेर अस्पतालमा ढुक्कै बस्नुपर्ने थियो, विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा खटिएकी रञ्जुले त्यसबेलाको तनाव स्मरण गरिन्।  

 

प्रकाशित मिति: : 2021-05-01 17:24:00

प्रतिकृया दिनुहोस्