‘भो, अब यो सहरमा कहिल्यै फर्किन्‍नँ'

थाहा खबर

काठमाडौँ

 श्याम राई 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्र देशबासीका नाममा सम्बोधन गर्दै भने- ‘संक्रमणको साङ्लो तोड्न जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ।’

ओलीको कुरालाई मान्ने हो भने अहिलेको निषेधाज्ञामा कोही पनि गरिब, मजदुर भोकभोकै बस्न बाध्य हुनुपर्दैन। तर, विडम्बना ती मजदुर अहिले भोकभोकै सडक पेटीमा छट्पटाउँदै छन्। निषेधाज्ञाले पेट भर्ने मेलोमेसो खोसिएको छ। तर,यसमा राज्यको ध्यान पुगेको छैन।

निषेधाज्ञा जारी भएको ६ दिन अर्थात् मंगलबार बिहान ८ बजे थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल अगाडिको खाली जग्गामा पुग्दा कोही मजदुर र सडक पेटीमा बस्ने व्यक्ति खाना पर्खिरहेका थिए, त कोही ट्यांकीमा रहेको पानी भरेर भोक अनि प्यास मेटाइरहेका थिए। 

जग्गाको बीचमा सानो ढुंगामाथि कालो पाइन्ट, ढाकाटोपी र पछाडि कालो झोला बोकेका एक वृद्ध निधारमा हात राख्दै टोलाइरहेका देखिए। उनी थिए, सिन्धुली, दुम्जाका कृष्ण थापा।

प्रकाशित मिति: : 2021-05-04 21:22:00

प्रतिकृया दिनुहोस्