अस्पताल भरिभराउ, अक्सिजन लिइरहेका बिरामी पनि आँगनमै

जनक विष्ट

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न थालिएको छ ।

‘बिरामीहरुलाई इमर्जेन्सी वार्ड, ग्यालरी र अस्पताल परिसरमा समेत राखेर उपचार गरिरहेका छौं,’ सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज सिनियर अहेब भरत खातीले अनलाइनखबरसँग भने, ‘कोभिड अस्पतालबाहेक ३९ जना बिरामी छन् । सबैलाई अक्सिजन सपोर्टमा राखेका छौं । उनीहरुमध्ये ५/७ जनाको रिपोर्ट आउन बाँकी छ, अरु सबै संक्रमित हुन् ।’

 

प्रकाशित मिति: : 2021-05-06 21:35:00

प्रतिकृया दिनुहोस्