‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

राजधानी दैनिक

नेपालगञ्ज

लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै गएको छ। प्रदेश सरकारले तीन वर्ष अघि सुरु गरेको यो कार्यक्रमका लाभग्राहीले सेवालाई अझ प्रभावकारी र गुणस्तरिय गराउदै लैजान सुझावसमेत दिएका छन्।

लुम्बिनी प्रदेश सरकारले कार्यक्रम सुरु गर्दा स्वास्थ्यकर्मीले प्रत्येक महिनाको एकपटक वा आवश्यक पर्दा ३ पटकसम्म ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले कार्यक्रम सुरु गरेको भए पनि विभिन्न कारणले हाल प्रत्यक ३–३ महिनाको अन्तरमा सेवा दिने गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए।

प्रदेश सरकारले आफुहरुको घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गरेर आफुहरु प्रति ठूलो गुन लगाएको कार्यक्रका लाभग्राही बाँके खजुरा रनियाँपुरका ८६ वर्षिय मोहम्मद मिन्नु खाँले बताए। ‘आफ्ना सन्तान छैनन भाईको छोराले पालन पोषण गरेको छ। दुख बिराम हुँदा समस्या थियो तर,सरकारले हामी जस्ता जेष्ठ नागरिकका लागि घरमै पुगेर स्वास्थ्य सेवा सुरु गरेर ठूलो गुन लगाएको छ’ उनले भने।

प्रकाशित मिति: : 2021-05-09 07:02:00

प्रतिकृया दिनुहोस्