के शिक्षक समुदायमा जानु पर्दैन ?

अनलाइनखबर

काठमाडौं

कोभिडको अर्को लहर आएसँगै राजधानी लगायत आजसम्म देशका करीब ६१ जिल्लामा फेरि निषेधाज्ञा जारी छ। यसको कारण अन्य क्षेत्र जस्तै विद्यालय पनि स्वाभाविक रूपमा बन्द भएका छन्। जसले गर्दा करीब ८१ लाख बालबालिकाको सिकाइ प्रभावित भएको छ।

अधिकांश निजी विद्यालयमा यस्तो बेला सम्भवतः विद्युतीय सिकाइ भइरहेको छ। किनकि यहाँ सिकाइसँगै अर्थोपार्जनको पनि सम्बन्ध जोडिएको छ। तर करीब ६९ प्रतिशत बालबालिकाको सिकाइ भने लगभग अवरुद्ध भएको छ। तत्कालीन रूपमा सिकाइ रोकिए के भयो त ज्यान बचे फेरि शुरु होला भन्ने तर्क पनि आउँछ।

जनताको तर्फबाट यस्तो तर्क आउनु स्वाभाविक नै मान्न सकिन्छ तर जिम्मेबार निकायबाट यस्तो कुरा आएमा त्यो चरम गैरजिम्मेवारीभन्दा केही होइन। चाहे ती नेता, कर्मचारी वा शिक्षक नै किन नहुन्। कुनै बहानामा देशको भविष्यमाथि हेलचेक्र्याइँ गर्ने अधिकार कसैमा हुँदैन।

याद गरौं आजको सिकाइले नै हामीलाई आजसँग लड्न र भविष्यसम्म बाँच्न सघाउँछ। तसर्थ महामारीको बेला हुने शिक्षक र बालबालिका बीचको दूरी कम गर्न आवश्यक छ। शिक्षकहरू जो कोरोना तथा अन्य विपत्ति, संकट र कठिन घडीमा आफ्ना बालबालिकासँग हुनहुन्छ उहाँहरूप्रति मेरो असीम सम्मान छ।

 

प्रकाशित मिति: : 2021-05-10 07:52:00

प्रतिकृया दिनुहोस्