बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण

Seven Summit
Seven Summit

बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टाेली सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ। 

खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान ६ बजेर ४० मिनेटमा विश्वको अग्लो सगरमाथामा पाइला टेक्न सफल भएको पर्यटन विभाग पर्वतारोहण महाशाखाकी प्रमुख मिरा आचार्यले जानकारी  दिइन्। 

सगरमाथाको नयाँ उचाई (८८४८.८६ मिटर) भएपछि सगरमाथामा पाइला टेक्ने उनी पहिलो अन्तर्राष्ट्रिय आरोही बनेका छन्। यसअघि नेपालका कामीरिता शेर्पाले नयाँ पहिलो आरोहण गरिसेका थिए। 

उनको टोली १५ मार्च २०२१ मा सगरमाथा आरोहणको लागी नेपाल आएका थिए। वहराइनी टोलीले यसअघी अक्टोवर २०२० लोवुचे पिक र मनास्लु हिमालको आरोहण गरिसकेका थिए।


बहराइनका राजकुमार नेपालमा 

प्रकाशित मिति: : 2021-05-11 08:00:00

प्रतिकृया दिनुहोस्