१९ वर्षे कान्छो पाकिस्तानी युवकले सगरमाथा चढे

तस्वीर काशीफकाे फेसबुकबाट
तस्वीर काशीफकाे फेसबुकबाट

वशन्त ऋतु २०२१ को सगरमाथा आरोहणमा पाकिस्तानका १९ वर्षे शेरोज काशीफले सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका छन्।

उनले आज बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेकका सञ्चालक तथा अध्यक्ष मिङमा शेर्पाले जानकारी गराएका छन्।

उनले पाकिस्तानका सबै भन्दा कान्छा हिमाल आरोहीको कृतिमान राखेका छन्।

लाहोरका बासिन्दा काशिफले १७ वर्षको उमेरमा ब्रोड पीक (८०४७मी.) चढ्ने कान्छो पाकिस्तानी भएका थिए। यसअघि उनले आठ प्रमुख पर्वतारोहण र आरोहण इतिहास हासिल गरिसकेको छ।

ब्रॉड पीक (८०४७मी.) चढेर उनले 'द ब्रॉड बोय'को उपमा पाए। उनले उच्च प्राविधिक र व्यवासायिक पर्वतारोहण प्रशिक्षण तालिम प्राप्त गरेका छन् (लेवल ३/अल्पाईन स्टाइल)।

उसको आरोहण इतिहासमा ११ वर्षको उमेरमा मकरा पीक (३८८५), १२ वर्षको उमेरमा मुसा कामुसल्ला (४०८० मीटर) र चम्ब्रा पीक (४६०० मीटर), १३ वर्षमा मंगलिकसर (शिमशल, ५०५० मीटर), १४ वर्षमा गोन्डोगोरो ला के२ बेस क्याम्प (५५८५ मीटर), १७ मा खुर्दो पिन पास (५८०० मीटर), १७ मा ब्रोड पीक (८०४७ मी) र १८ वर्षको उमेरमा खुसार गङ (अल्पाइन शैली ६०५०) मीटर)।

भर्खरै मे ११, २०२१ को दिन १९ वर्षको उमेरमा उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) चढेर पाकिस्तानकै कान्छा हिमाल आराेही बन्न सफल हुदै ईतिहास रचेका छन्।


गौचनले चुमे सगरमाथाको चुचुरो: बने नेपालकै पहिलो सगरमाथा टेक्ने पाइलट

प्रकाशित मिति: : 2021-05-11 15:37:00

प्रतिकृया दिनुहोस्