थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १८७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना सङ्क्रमित निको भई घर फर्किएका छन्। अहिलेसम्म ३ लाख ३३ हजार १०८ निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2021-05-15 17:38:00

प्रतिकृया दिनुहोस्