७३६८ जना कोरोना संक्रमित थपिए, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ।

पछिल्लो समय १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ।

हालसम्म तीन लाख ३९ हजार ७५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८  सङ्क्रमित निको भएर घर फर्किएका छन्।

शनिबार पाँच हजार ४५५ सङ्क्रमित निको भइ घर फर्किएका थिए। निको हुने दर ७४ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर एक लाख १० हजार २६३ सक्रिय सङ्क्रमित रहेका छन्।

प्रकाशित मिति: : 2021-05-16 16:43:00

प्रतिकृया दिनुहोस्