महामारीमा पनि रोकिएन सार्वजनिक नियुक्तिमा अराजकता

हिमाल खबर

काठमाडौँ

रमेश कुमार  

१९ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले झापा घर भएकी जानुका ढकाललाई उपत्यका विकास प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा विकास आयुक्त पदमा नियुक्त गर्‍यो। काठमाडौं उपत्यकाको सुनियोजित विकास गर्न योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्राधिकरणको विकास आयुक्तमा नियुक्त ढकाल योजनाविद् र विकासविज्ञका रूपमा परिचित व्यक्ति होइनन्। योजना निर्माण र विकास क्षेत्रमा उनको शैक्षिक योग्यता र पूर्वअनुभव अपेक्षाकृत बलियो छैन। 

‘नवनारी’ मासिक पत्रिकाकी सम्पादक रहेकी ढकालले हिमालखबरसँगको कुराकानीमा आफूले समाजशास्त्रमा स्नातकोत्तर गरेको र शहरी विकास मन्त्रालय अन्तर्गतका विभिन्न परियोजनामा काम गर्दै आएको अनुभव भएको बताइन्। 

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा ‘नेपाल सरकारले विशिष्ट श्रेणी वा सोभन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्धप्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा विकास आयुक्तमा नियुक्त गर्ने’ व्यवस्था छ। ढकालले ऐनमा भएको ‘वा सम्बन्धित क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति’ को व्यवस्था अनुरूप आफू नियुक्त भएको बताइन्। 

“मेरो योग्यता नपुग्ने भए त आवेदन नै लिइने थिएन नि, मापदण्ड अनुसार नै प्रतिस्पर्धाबाट मेरो नियुक्ति भएको हो,” ढकालले बताइन्। 
 

प्रकाशित मिति: : 2021-05-19 18:55:00

प्रतिकृया दिनुहोस्