…र पो अब्बल बन्यो टेकु अस्पताल

अनलाइनखबर

काठमाडाैं

यतिबेला देशभर जस्तै चक्रवातको प्रभाव राजधानी काठमाडौंमा पनि परेको छ। बुधबार दिउँसोदेखि राजधानीमा पनि वर्षा शुरू भएको छ। अस्ति अस्ति जस्तै बिरामीको चाप भएको भए वर्षासँगै टेकु अस्पतालको आँगनमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई निकै सकस हुनेथियो।

वर्षा र हिलोका बीचमा पनि कोरोना संक्रमितलाई आँगनमै राखेर उपचार गर्नुपरेको भए स्वास्थ्य मापदण्ड पूरा गर्न स्वास्थ्यकर्मीलाई नै हम्मेहम्मे हुन्थ्यो।

तर, जेठ ३ गतेदेखि संक्रमित बिरामीको चाप घटेको छ। जसका कारण टेकु अस्पतालको आँगनमा यतिबेला राखिएका छैनन्। बेड संख्या थपिंदै गएकाले नयाँ बिरामीले पनि टेकुमा बेड पाउन थालेका छन्।

अहिले अस्पतालको ग्यारेजमा समेत अक्सिजनसहितका १० शय्या तयार भएका छन्। त्यहाँ बिरामीले उपचार पाइरहेका छन्। इमर्जेन्सीमा आउने संक्रमितलाई पहिला त्यहीं राखेर उपचार गरेर मात्र भित्र पठाइन्छ।

यो सुखद अवस्था टेकु अस्पतालको चुस्त–दुरुस्त व्यवस्थापनले मात्रै सम्भव भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

इमर्जेन्सी अगाडि भेटिएका हेल्थ असिस्टेन्ट खगेन्द्र न्यौपानेका अनुसार पछिल्लो एक महीनायता उनी पहिलोपटक यसरी फुर्सदमा देखिएका हुन्। नत्र २४ घण्टाको ड्युटी पूरै समय इमर्जेन्सीमै खटिनुपर्ने उनी सुनाउँछन्।

प्रकाशित मिति: : 2021-05-20 20:29:00

प्रतिकृया दिनुहोस्