एमालेको संकट : न फुट्न सजिलो छ, न जुट्न

अनलाइनखबर

काठमाडौँ

सइन्द्र राई

नेकपा एमालेमा माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्‍यो, अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधे । कर्णालीमा प्रदेशसभा सदस्यहरुले फ्लोर क्रस गरे, ओलीले फेरि स्पष्टीकरण सोधे । चार नेतालाई ६ महिनाका लागि निलम्बन गरे भने फ्लोर क्रस गर्ने चार जनालाई पार्टीबाट निस्काशित भए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबीलाई समर्थन गर्दै नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेपछि ओलीले फेरि स्पष्टीकरण सोधेका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शनिबारको स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाएका हुन् ।

पार्टीेमा नेपाल समूहको गुटबन्दी अति भयो भनेका अध्यक्ष ओलीले चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल समूहले पनि पनि ओलीको सम्भावित कारबाहीलाई बेवास्ता गर्दै संसद विघटनविरुद्ध विपक्षीहरुसँग मोर्चाबन्दी गरेको छ र रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

यसले एमाले फेरि एक पटक फुट नजिक पुगेको देखिन्छ । तर सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्थापित एमालेमा ओली र नेपाल समूहबीच पछिल्लो चार महिनायता जारी विवादको श्रृङ्खला हेर्ने हो भने न जुट्न सकेको छ, न फुट्न सजिलो छ ।

प्रकाशित मिति: : 2021-05-24 10:11:00

प्रतिकृया दिनुहोस्