आजदेखि कतार भिसा सेन्टर खुल्दै

आज(सोमबार) देखि कतार भिसा सेन्टर खुल्ने भएको छ।

७ जुन देखि कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु हुने भएपछि कतार भिसा सेन्टर खुल्न लागेकाे हाे।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५० जनाको स्लट खुला हुनेछ । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ।

 कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुने बताइएकाे छ।

कतार भिसा सेन्टरमार्फत् कतारमा हुने स्वास्थ्य परीक्षण, बायोमेट्रिक र करार सम्झौता प्रमाणीकरणको काम हुनेछ।

स्वास्थ्य परिक्षणमा आँखा, उचाइ, मोटाई र रक्तचापकाे जाँच हुनेछ। 

प्रकाशित मिति: : 2021-06-07 07:15:00

प्रतिकृया दिनुहोस्