बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइने

FIle photo
FIle photo

बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको  चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ। 

साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ। 

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। 

ती खोप गणेश  मावि वडा नं २, गणेशचोक,  र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-07 12:21:00

प्रतिकृया दिनुहोस्