लक्षण देखिएर पीसीआर नेगेटिभ भएका ७० प्रतिशतका रोग के हुन् ?

रातोपाटी

काठमाडाैं

आजभोलि हामी हरेक दिनजसो कोरोनाको तथ्याङ्क हेर्ने र पढ्ने गर्दछौँ। हाल केही दिन यता नेपालमा कोरोनाको पीसीआर र एन्टिजेन टेस्टको नतिजा हेर्दा २५–३० प्रतिशतको हाराहारीमा मात्र पोजिटिभ देखिने गरेको छ। कोरोनाको प्रतिशतलाई लिएर बहस र तर्क वितर्क पनि हुने गर्दछ। तर बाँकी ७० प्रतिशत कोरोना नेगेटिभको नतिजालाई लिएर भने कतै चर्चा र परिचर्चा वा सोचेको समेत पाइँदैन। नेपालमा दोस्रो लहर सुरु भएदेखि नै कन्ट्क्याक्ट ट्रेसिङ हुने गरेको छैन।

सङ्क्रमण भए र नभएको छुट्याउनलाई जाँचहरू गरिएको छैन। धेरैले लक्षण देखापरेपछि आफै परीक्षण गर्ने गरेका छन्। यी मानिसमा लक्षण देखिने तर कोरोना नेगेटिभ हुँदा अरू सङ्क्रामक रोगहरूको सम्भावनाका बारेमा सोचेका वा चिकित्सकसँग परामर्श गरेको पाइँदैन। कोरोना सङ्क्रमणको मात्र पछि लाग्दै गर्दा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका अरू सङ्क्रामक रोगलाई बिर्सिरहेका त छैनौँ ?

गत वर्ष नेपालमा सङ्क्रामक रोगहरू लगभग विलिन अवस्थामा थिए। लेखक पनि अचम्मित भएको थियो। कोरोनाको सुरुवाती समयमा नेपालमा रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिए फ्लुको परीक्षण गर्ने गरिन्थ्यो। यदि फ्लु परीक्षण पोजिटिभ देखिए कोरोनाको परीक्षण गरिँदैन थियो। त्यो बेला कोरोना परीक्षण सहज पनि थिएन। तर पछि प्रयोगशालाहरू क्रमशः खोलिँदै जाँदा कोरोना परीक्षण पनि सहज हुँदै गयो।

जति कोरोना बढ्दै गयो त्यति नेपालमा बर्सेनि देखिने सङ्क्रामक रोगहरू देखिने क्रम घट्दै गयो। मानिसहरूले साबुन पानी वा स्यानिटाइजरको निरन्तर प्रयोगले गर्दा हातबाट सर्ने सरुवा रोगहरू नदेखिनु त स्वाभाविक थियो होला तर बर्सेनि देखिने कीटजन्य रोगहरू पनि खासै देखा परेन।

हरेक वर्ष दुई सिजनमा देखिने फ्लु भाइरस पनि गत वर्ष शून्य प्रायः देखिए। फ्लु र कोरोना भाइरसका लक्षण तथा सर्ने तरिकाहरू उस्तै भए पनि कोरोना भने तीव्र गतिमा फैलियो। फ्लु भाइरस कोरोना महामारी देखिएका देशहरूमा पनि अत्यधिक कम मात्र देखिएका थिए। यो विश्व वैज्ञानिकहरूले गरेका अग्रिम प्रक्षेपण ÷ अनुमान भन्दा बिल्कूल भिन्न थियो।

प्रकाशित मिति: : 2021-06-11 11:11:00

प्रतिकृया दिनुहोस्