‘गृहमन्त्रीमा मेरो नाम फाइनल थियो, प्रधानमन्त्री वरिपरिका साथीहरूले चलखेल गरे’

अनलाइनखबर

काठमाडौँ

सइन्द्र राई

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा गृहमन्त्री बन्ने दौडमा थिए, महेश बस्नेत । बस्नेतका अनुसार मन्त्रिपरिषद् विस्तारको अघिल्लो साँझ उनको नाम फाइनल भइसकेको थियो र बधाई समेत आउन थालिसकेको थियो ।

तर २७ जेठमा खगराज अधिकारीलाई गृहमन्त्रीको शपथ गराइयो । बस्नेत प्रधानमन्त्रीका वरिपरि रहेकाहरूले आफ्नो गृहमन्त्री बन्ने बाटो छेकेको बताउँछन् । यसलाई आफूले स्वाभाविक रूपमा लिने तर, सल्लाहकारहरूबारे प्रधानमन्त्रीले सोच्नुपर्ने उनी बताउँछन् । ‘उहाँ (प्रधानमन्त्री)को जुन खालको सल्लाहकारको समूह छ, त्यसमा विचार गर्नुपर्छ । उनीहरूले उहाँलाई बचाउने भन्दा पनि विवादित गराउने भूमिका खेलिरहेका छन् । ती साथीहरूबारे प्रधानमन्त्रीले सोच्नुपर्छ भन्ने पूर्व सांसदहरूको ठूलो संख्या छ’, बस्नेत भन्छन् ।

तर राष्ट्रिय राजनीतिबारे भने बस्नेत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग शतप्रतिशत सहमत छन् । भन्छन्, ‘शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो भने पनि मुलुक जाने त चुनावमै हो ।’

प्रस्तुत छ, बस्नेतसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

सधैं चर्चामै रहिरहने महेश बस्नेतको मन्त्रिपरिषद् पुनर्गठन हुँदा गृहमन्त्री बन्न लागेको सुनियो । तर तपाईं यसपटक चर्चाको गृहमन्त्री मात्रै बन्नुभयो, खास के हो ?

प्रकाशित मिति: : 2021-06-14 21:55:00

प्रतिकृया दिनुहोस्