गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको पत्र- हेक्का रहोस्, तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ

फाइल तस्वीर
फाइल तस्वीर

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले नवनियुक्त गण्डकीका मुख्यमन्त्रीलाई संयमित भएर काम गर्न सुझाएका छन्।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नाममा पत्र लेख्दै उनले यो संवेदनशिल समयमा पार्टीको छविलाई हेक्का राखेर काम गर्न भनेका छन् ।

बधाई एवं संक्षिप्त सुझाव पत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले अक्सिजन अभावमा ज्यान गुमाउन पुगेकी सुत्केरी महिला र उपचार खर्छ अभावमा अस्पतालबाट निकालिएको २१ दिने शिशुलाई सम्झेर बजेट बनाउन सुझाएका छन्।

दोस्रो लहरको कोरोना महामारी सुरु भएसङ्गै गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकैचोटी ८ बिरामीले ज्यान गुमाएका थिए।

यस्तै उपचार खर्चको अभावमा मनिपालबाट २१ दिने शिशुलाई अस्पतालले निकालेको थियो। सो घटनाको चर्को विरोध समेत भएको थियो। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्ने, आलोचित हुन एक गल्ती या भ्रम काफी हुने भन्दै शर्माले राम्रो काम गर्न भनेका छन्।

प्रकाशित मिति: : 2021-06-15 12:04:00

प्रतिकृया दिनुहोस्