भारी वर्षा: लुम्ले र घोरेपानी क्षेत्रमा खतराको साइरन बज्यो, मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगायो 

भारी वर्षाको कारण कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा बाढीपहिरो आउन सक्ने संकेत स्वरुप साइरन बजेको छ।

कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

गए रातिदेखिको अविरल वर्षाको कारण कास्कीको सुपर माँदी हाइड्रोमा पनि क्षति पुगेको छ। स्काभेटर र टिप्परमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

थप विवराण लिने काम भइरहेको उनले बताए। बन्दै छ। जान पनि अलि गाह्रो रैछ, उनले भने, निर्माणस्थलमा राखिएका स्काभेटर र टिप्परमा सामान्य क्षति पुगेको छ। थप विवरण आउँदै छ।

कास्कीको विरेठाँटीका ३ घरमा पहिरोले सामान्य क्षति पुर्याएको उनले बताए।

यस्तै, मनाङको चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो। तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ।

त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ। नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-15 12:39:00

प्रतिकृया दिनुहोस्