पर्यटक पर्खिरहेछ नेपालभित्रको अर्को ‘श्रीलंका’

हिमाल खबर

काठमाडौँ

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी नदीको भँगालोमा अवस्थित श्रीलंका टापुलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

कोशी नदी र त्यसको पश्चिमी भँगालोबीचमा एउटा टापु छ, ‘श्रीलंका’। समुद्रबीच तैरिएको जस्तो देखिने श्रीलंका देश झैं छ, कोशीबीचको श्रीलंका टापु। यही टापुलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ। 

यो टापु रहेको वराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल श्रीलंका टापुलाई कृषि पर्यटनको केन्द्र बनाउन सकिने बताउँछन्। “श्रीलंका टापुको मुख्य आकर्षण नै त्यहाँको कृषि र पशुपालन हो, हामीले कृषि र पशुपालन हेर्नलाई पर्यटकीय गन्तव्य बनाउनुपर्दछ भनेर लागेका छौं,” खनाल भन्छन्।

यो टापु उदयपुरको बेलका नगरपालिका-२ र सुनसरीको वराहक्षेत्र नगरपालिका-६ र ८ मा पर्छ। पूर्वतर्फबाट टापु पुग्न डुंगा चढ्नुपर्छ भने कोशीको पश्चिम भँगालोमा उदयपुरतर्फबाट झोलुंगे पुल छ।

प्रकाशित मिति: : 2021-06-18 06:50:00

प्रतिकृया दिनुहोस्