गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत 

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विस्वासको मत पाएका छन्। उनी जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपालीले शुक्रबारको प्रदेशसभा बैठकबाट बहुमत लिएका छन्। बैठकमा ५८ सांसद उपस्थित थिए। उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७ मत परेको छ।

उक्त मत प्रदेशसभाको लागि विश्वासको स्पष्ट बहुमत रहेको सभामुख नेत्रनाथ अधिकारीले बताए। काङ्ग्रेस, माओवादी, रास्ट्रिय जनमोर्चा, जनतासमाजवादी र एक स्वतन्त्र सांसद सहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपालीको नेतृत्वमा बनेको सरकारमा अहिले ५ सदस्यीय मन्त्रिपरिषद् छ।

४ बिना विभागीय मन्त्री रहेको गण्डकीमा विश्वासको मत पछि सरकारका थप काम हुने छ।

अर्को सूचना नआउञ्जेलसम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको छ।

प्रकाशित मिति: : 2021-06-18 16:32:00

प्रतिकृया दिनुहोस्