दीपक मनाङे भन्छन्ः मान्छे खान नपाएर मर्न लागि सक्यो, कहाँ मन्त्रीमण्डलको कुरा गरेर हुन्छ अहिले?

फाइल तस्वीर
फाइल तस्वीर

गठबन्धनको गण्डकी सरकार अहिले मन्त्रिपरिषद् विस्तार बारेको छलफलमा व्यस्त छ। २९ जेठमा बनेको सरकारको मन्त्रिपरिषद्ले अझै पूर्णता पाई सकेको छैन।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको ५ सदस्यीय मन्त्रिपरिषद् जेठ २९ मा गठन भए पनि ४ मन्त्री बिना विभागीय छन्। सानो दलले ठूलो जिम्मेवारीको मन्त्रालय दाबी गर्न थालेपछि विवाद सतहमा आएको छ।

शपथ खाएपछि भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको माग गरेका मन्त्री दीपक मनाङे भने अहिले विपद्मा परेको आफ्नो निर्वाचन क्षेत्रमा उद्धारको लागि खटिएका छन्।

डुबानमा परको मनाङमा उद्धार र राहत संकलनमा मनाङे व्यस्त छन्। बिएल नेपाली सेवासँगको छोटो प्रतिक्रियामा मन्त्री मनाङेले अहिले मन्त्रिपरिषद्बारे छलफल गर्ने समय नरहेको बताएका छन्।

'म अहिले काठमाडौंमा खाद्यन्नको लागि आएको छु। अहिले मन्त्रीसन्त्रीको कुरा केही पनि भएको छैन। अहिले बाढी पीडित धेरै छ मनाङमा, आइएनजिओमा आएको हो भेट्नलाई। मनाङ समाजले पनि अलिकति हेल्प गर्ला। हेलिकप्टर, सप्टर देला जस्तो छ', उनले भने, 'अहिले यो मन्त्रीमण्डलको कुरा गर्ने टाइम होइन। अहिले एकदम टेन्सन छ है। मान्छे खान नपाएर मर्न लागि सक्यो कहाँ मन्त्रीमण्डलको कुरा हुन्छ अहिले?'

प्रकाशित मिति: : 2021-06-20 20:14:00

प्रतिकृया दिनुहोस्